Sagun Khabar
दार्चुलामा भन्सार छलीको चिनी बरामद, जिपसहित एकजना प्रहरी नियन्त्रणमा 

दार्चुला – दार्चुलामा भन्सार छलीको चिनी र जिपसहित एक जना पक्राउ परेका छन् । 

जिल्लाको नौगाड गाउँपालिका–६ स्थित भित्रि सडकखण्डबाट अवैध रुपमा भन्सार छलेर ल्याएको अन्दाजी ३८ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको ५५० किलोग्राम चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।

Atrya hospital

चिनीसहित नौगाड गाउँपालिका–३ का ३३ बर्षीय केशव ठगुन्नालाई सोमबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनलाई से १ ज ६६० नम्बरको जिप सहित अस्थाई प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update