Sagun Khabar
दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटियो

दार्चुला – नेपाल प्रहरीको टोली दार्चुलाको उत्तरी नाका तिङ्करमा खटिएको छ । व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली उत्तरी नाका तिङ्करमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । 

भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली गएको बिहीवार नै तिङ्कर नाकातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भएपछि सुरक्षाकर्मीको टोली भारतीय बाटो हुँदै तिङ्कर गएको हो ।

Atrya hospital

छायालेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ । 

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भने गएको हप्ता नै तिङ्कर उक्लिएको छ । गएको वर्षदेखि सशस्त्र प्रहरी तिङ्करको छालालेकमा बस्न शुरु गरेको हो । अहिले सशस्त्र प्रहरीको खगेन्द्र ओझाको कमाण्डमा टोली छायालेकमा बसेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तले जानकारी दिए ।  
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update