Sagun Khabar
बालिकामाथि करणी गरेको अभियोगमा एकजना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

बेलौरी नगरपालिकाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

Atrya hospital

बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई शुक्रवार पक्राउ गरेको हो । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update