बझाङमा सडकको नालीमा बस खस्यो, ठूलो दुर्घटना हुनबाट जोगियो 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा सडकको नालीमा बस खसेको छ । जिल्लाको बित्थडचीर गाउँपालिकाको डुम्रे खोलामा सडकको नालीमा बस खसेको हो । नालीमा खसेको बसलाई निकालिसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बसमा समान्य क्षति भएपनि ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
बझाङबाट काठमाण्डौंका लागि छुटेको सुन्दर सुदूरपश्चिमको ना ८ ख ८६५७ नम्बरको बस नालीमा खसेको हो । 
 
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:०२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
