Sagun Khabar
डडेल्धुराका एक युवक भारतमा मृत फेला
Atrya hospital

डडेल्धुरा– डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत अवस्थामा फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा हिजो मृत फेला परेका हुन् ।

उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए । खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो (बुधवार) सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ । परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update