Sagun Khabar
कञ्चनपुरमा एक जना बेहोस अवस्थामा फेला

 कञ्चनपुर– कञ्चनपुरमा एक जना बेहोस अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पस अगाडी सडक किनारमा करिब ५५ वर्षीय पहिचान नखुलेका पुरुष बेहोस अवस्थामा फेला परेका हुन्।

उनलाई गुलरिया स्वास्थ्य चौकीमा चेकजाँच गर्दा समेत स्वास्थ्यमा कुनै सुधार नआएपपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई चिन्नेहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि आफन्तलाई समेत जानकारी गराई दिन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update