Sagun Khabar
वेस्ट इन्डिज 'ए' सँग नेपाल ७६ रनले पराजित,वेस्ट इन्डिज का चार्ल्सको शतक
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ –  वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयो । नेपालका लोकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिज ’ए’ का हेडन वाल्शले ३, गुदाकेश मोटीले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो । वेस्ट इन्डिज ’ए’ का ओपनर ब्याटर जोनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

योसँगै पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ’ए’ ले २–१ ले अग्रता लिएको छ ।  शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update