बैतडी- नेपालका ७७ ओटै जिल्लाको भ्रमणमा रहेका साइकल यात्री माधप प्रसाद कुइकेल आज बैतडी पुग्नु भएको छ । देशै भरिका नागरिकले निःशुल्क एम्बुलेन्स चड्न पाउनु पर्ने माग राख्दै साइकल यात्राको क्रममा कुइकेल आज बैतडी पुग्नु भएको हो ।
२९ ओटा जिल्लाको भ्रमण गरि ३० औं जिल्लाको रुपमा बैतडी पुगेका कुइकेले जिल्ला प्रशासनमा पुगि प्रमुख जिल्ला अधिकारिलाई भेटि देशमा रहेका हरेक नागरिकले फ्री मा एम्बुलेन्स चड्न पाउने र यहाँको विभिन्न परिवेशका बारेका कुरा गर्ने बताए ।
सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई बचाउन भिन्न संस्कृति, भूगोल र मनलाई जोड्दै आन्तरिक पर्यटनमा पनि जोड दिनुपर्ने सन्देशसहित आफुले यात्रालाई निरन्तरता दिएको बताए ।
५९ बर्षिय सिन्दुपाल्चोकको इन्द्रावति ४ नवलपुरका माधव प्रसाद कुइकेल बैतडीको यात्रा सकेर भोलि दार्चुला जाने छन् ।