बझाङमा एमालेको अग्रता, दोस्रो स्थानमा माओवादी
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।
४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।
बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:११
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
