दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते
                        
                        
                                                
                                            
                                                                    दार्चुला- दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ मा चट्याङ पर्दा दुई जना घाईते भएका हुन ।
चट्याङ्बाट ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाईते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाईते दुुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चट्याङबाट दुुई घरको वाइरिङ र मिटर बक्स जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट १ गाईसमेत मरेको र चट्याङले घरको छतमा समेत प्वाल परेको प्रहरीले जनाएको छ ।
 
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:१४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
