लागुऔषधसहित दार्चुलाका दुई युवक कञ्चनपुरमा पक्राउ
                        
                        
                                                
                                            
                                                                    दार्चुला- लागुऔषधसहित दार्चुलाका दुई युवक कञ्चनपुरमा पक्राउ परेका छन् । १ ग्राम ८६० मिलिग्राम लागुऔषधसहित शनिबार दिउँसो प्रहरीले दुबै युवकलाई नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा डेरा गरी बस्ने युवकालाई लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले कोठाभित्र चेकजाँच गर्दा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ घर भएका ३९ वर्षीय आनसिंह साउँद र ३१ वर्षीय गोबिन्द धामी लागुऔषधसहित पक्राउ परेका हुन् । 
 
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:०९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
