Sagun Khabar
कञ्चनपुरमा   आठ बिघाको गहुँबाली जलेर नष्ट

कञ्चनपुर- कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ। जिल्लाको दोधरा चाँदनी नगरपालिका ७  का विरबहादुर सुनार सहित २० जनाको गहुँबालीमा आगलागी भएको हो।

दिउँसो करिब एक बजेतिर लागेको आगो २ः ३० मा नियन्त्रण लिइएको हो। आगलागीबाट करिब आठ विघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update