भारतको बेंगलोरमा ग्यास पड्किँदा बझाङका चार जना घाइते 
                        
                        
                                                
                                            
                                                                    बझाङ–भारतको बेङ्गलोरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा बझाङका चार जना घाइते भएका छन् ।
घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन् ।
आइतबार राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र सोमबार बिहान साढेसात बजेतिर ग्यास जलाउदा उक्त घटना भएको स्थानीय दिपेश दमाइले बताए ।
घाइते चारै जनाको बेंगलोरस्थित भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
 
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
