बझाङमा मलामी गएका धनजित आग्रीको सेती नदीमा बगेर मृत्यु 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा मलामी गएका एकजनाको सेती नदीमा बगेर मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४० बर्षीय धनजित आग्रीको सेती नदिमा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्रबहादुर सिंहको दाहासंस्कारमा मलामी गएका आग्रीको सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो ३ बजेतिर बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।
नुहाइरहेको ठाउँबाट एक किलोमिटर तल नदी किनारमा आग्रीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।
शुक्रबार राति चट्याङ लागेर एकै घरका सात जना घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । 
 
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
