बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता
                        
                        
                                                
                                            
                                                                    बझाङ–बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। आइतबार बिहान करिब ७ बजे जयपृथ्वी नगरपालिका ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको छ। हामफाल्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए।
जोशीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १३:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
