Sagun Khabar
बझाङमा किशोरीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ
Atrya hospital

बझाङ- बझाङमा किशोरीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। फागुन ११ गते दिउँसो १७ वर्षीया किशारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बझाङ बित्थडचिर गाउँपालिका १ खुलमहरका ५५ वर्षिय खड्के बोहरालाई पक्राउ गरेको हो ।

ललाइफकाई र धाक धम्कि सहित जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।जाहेरी दरखास्त दिएको केही समयमै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको बझाङका प्रहरी नायब उपरीक्षक डिएसपी भरत शाहले बताए ।

बोहरालाई पक्राउ गरेर आइतबार जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताएका छन्।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update