Sagun Khabar
उपनिर्वाचन : बझाङ कांग्रेसमा १० जना आकांक्षी उम्मेदवार

बझाङ–आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ ।

जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले निर्वाचनमा आंकाक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो । केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आंकाक्षीबिच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जनाको नाम सिफारिस गरेको बझाङ कांग्रेस प्रवक्ता रमानन्द जोशीले बताए ।

Atrya hospital

जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिश गरिएको नेपाली कांग्रेस बझाङले जनाएको छ । 

बझाङ प्रदेशसभा क्षेत्र नम्बर ‘१’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

यस्तै उपनिर्वाचनमा एमालेले भने तीन आकांक्षी उम्मेदवारको नाम सिफारिश गरेको छ । ६ जना आकांक्षीमध्ये क्षेत्रीय समन्वय कमिटिमा भएको मतदानमा बढी मत पाउनेहरुको नाम सिफारिश गरिएको एमाले बझाङले जनाएको छ । 

दमन भण्डारी, जुना जाग्री र राधा विष्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङ जिल्ला कमिटीका सचिव आनन्द विकले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update