डडेल्धुरा – पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग एकतर्फी रुपमा खुलेको छ । डडेल्धुराको आलिताल–१ गैरा नजिकै पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
अहिले एकतर्फी रुपमा राजमार्ग खुलेको र पहिरो पन्छ्याउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८ १७:४१
प्रतिक्रिया दिनुहोस्