Sagun Khabar
बैतडीमा शनिबार ६ जना संक्रमणमुक्त, थप ३ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा शनिबार ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिका एक जना संक्रमणमुक्त भएका हुन् । यस्तै मुगुका एक जना र बझाङका एकजना पनि आजै संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै बैतडीमा आज थप तीन जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको सिगास गाउँपालिका २ जना र दशरथचन्द नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । २६ जनाको एन्टीजेन परीक्षण गर्दा थप तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

जिल्लामा अहिले २४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ६ जना, पाटन नगरपालिकामा ४ जना, दशरथचन्द नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना रहेका छन् । 

यस्तै बैतडीमा जिल्ला बाहिरका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update