Sagun Khabar
विपद् प्रभावित नागरिकलाई मानव अधिकार समूह बैतडीले सहयोग गर्ने 
Atrya hospital

बैतडी –बैतडीमा विपद्बाट प्रभावित नागरिकलाई मानव अधिकार समूह बैतडीले सहयोग गर्ने भएको छ । विभिन्न ठाउँबाट संकलन गरिएको खाद्य सामग्री,बन्दोबस्तीका सामग्री र केही नगद पीडित परिवारलाई दिने तयारी भएको मानव अधिकार समूह बैतडीका उपसंयोजक उत्तम चन्दले जानकारी दिए ।

जिल्लाभरी बाढी,पहिरो, चट्याङ जस्ता प्रकोपबाट पीडितहरुको तथ्यांक संकलन गरेर आफूहरुले केही सहयोग गर्ने तयारी गरेको उहाँले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासनसंगको समन्वयमा पीडित परिवार छनौट गरेर सहयोगको तयारी भएको उनले बताए ।  
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update