Sagun Khabar
बैतडीका चन्दको एनआरएनए अष्ट्रेलियाको स्टेट सदस्य पदमा उम्मेद्वारी 
Atrya hospital

बैतडी – गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको राज्य समन्वय परिषद कार्यसमिति सदस्यमा बैतडीका चन्दले उम्मेद्वारी दिएका छन् । अध्ययनको सिलसिलामा अष्ट्रेलियमा रहेका बैतडीको सुर्नया गाउँपालिका ४ बङसल्लाका पुजेन्द्रबहादुर चन्दले साउथ अष्ट्रेलिया राज्य समन्वय परिषद कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएका हुन् । 

अष्ट्रेलियामा यही जुलाई ३१ तारिखका दिन गैर आवासीय नेपाली संघ (एनआरएनए )को चुनाव हुँदैछ । प्रवासमा रहेका नेपाली युवाहरुलाई सहयोग पुर्याउने उद्देश्यका साथ आफूले उम्मेद्वारी दिएको चन्दले बताए । प्रवासमा रहँदा परिवार भनेकै एनआरएनए भएकाले आफूले सदस्य पदमा उम्मेद्वारी दिएको उनले बताए । 

संस्थाको कार्यसमिति सदस्यमा निर्वाचित भएमा संस्थाको लक्ष्य अनुसार आफूले काम गर्ने बताउँदै चन्दले आफूलाई मतदान गर्न पनि आग्रह गरेका छन् । अनलाइनबाट हुने मतदान प्रक्रियामा सहभागी भएर मतदान गर्न पनि उनले सबै एनआरएनहरुलाई आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update