Sagun Khabar
२२ सय मिटरको उचाईमा रहेको सतबाँझमा कलकल पानी !
फोटो :बैतडीको सतबाँझ डीपबोरिङबाट निकालिएको पानी, तस्बिर: सुरेश महरा

बैतडी –बैतडीको सतबाँझमा डिप बोरिङबाट पानी सञ्चालन भएको छ । सुख्खा फलफूल विकास केन्द्रको परिसरमा डिप बोरिङबाट पानी नियमित रुपमा सञ्चालन भएको हो । करीब २२ सय मिटरको उचाईमा रहेको स्थानमा डिप बोरिङबाट पानी निकालिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए । 

सुख्खा रहेको डाँडामा कहाँबाट पानी आउला भनेर सोचेका स्थानीयहरु पानी सुचारु भएपछि दंग भएका छन् । यति अग्लो ठाउँमा पानी आउने कल्पना समेत नगरेको अवस्थामा डिप बोरिङबाट पानी सञ्चालन हुँदा खुसी लागेको स्थानीय बीरबहादुर टेरले बताए । उनले भने ‘सुख्खा डाँडो त्यही पनि धेरै अग्लो ठाउँमा पानी आउँदा ज्यादै खुसी भएका छौं । अब सिँचाईका लागि पनि सहज हुनेछ ।’

Atrya hospital

१०५ मिटर गहिराईबाट पानी निकालिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख भाटले बताए । एकघण्टामा करीब ७ हजार लिटर पानी आउने गरेको उनले बताए । सुख्खा फलफूल विकास केन्द्रमा डिप बोरिङबाट पानी सञ्चालन भएसंगै सिँचाईको सुविधा भएको छ । नर्सरीमा रहेका फलफूलका बिरुवाको सिँचाईका लागि समस्या हुँदै आएकोमा अब त्यो समस्या समाधान भएको उनले बताए । उनले भने ‘हाम्रो करीब ७५ प्रतिशत भू–भागमा सिँचाई हुन्छ । प्रत्येक ठाउँमा सिँचाई पोखरी निर्माण गर्ने तयारी गरेका छौं ।’

करीब ३३ लाखको लागतमा सुख्खा फलफूल विकास केन्द्रमा डिप बोरिङबाट पानी निकाल्न सफल भएको प्रमुख भाटले बताए । सुख्खा फलफूल विकास केन्द्रको २९ हेक्टर जमीनमा नर्सरी रहेकाले अब सिँचाईका लागि सहज भएको उनले बताए । उनले भने ‘अब फलफूलका बिरुवाका साथै तरकारी खेतीमा समेत जोड दिइनेछ ।’
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update