Sagun Khabar
लागू औषधविरुद्धको महाअभियानमा बैतडी प्रहरी 

बैतडी –बैतडी प्रहरीले लागू औषधविरुद्धको महाअभियान सञ्चालन गरिरहेको छ । लागू औषध दुव्र्यसनका कारण किशोरावस्थाका मानिस समेत फसीरहेकाले विद्यालय केन्द्रित कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 

लागू औषधको प्रयोगले मानिसको जीवनमा पार्ने असर र कानुनी व्यवस्थाका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिने गरिएको उनले बताए । विद्यालय उमेरका किशोरकिशोरीहरुमार्फत लागू औषध नियन्त्रणको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले भने ‘हामीले मातहतका प्रहरीचौकीबाट जिल्लाभरीका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं । लागू औषधको दुव्र्यसनले पार्ने असरका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिने गरेका छौं ।’

Atrya hospital

जिल्लाका १० ओटै स्थानीय तहमा रहेका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । 

चालु आर्थिक बर्षको अहिलेसम्म जिल्लाभरीका १ सय ५० विद्यालयमा कार्यक्रम सञ्चालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । विद्यालयका साथै समुदायमा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए । चालु आर्थिक बर्षको साउनदेखि अहिले समुदायस्तरमा ४ सय ठाउँमा कार्यक्रम सञ्चालन भएका उनले बताए । 

प्रहरीले लागू औषध नियन्त्रणका साथै अन्य आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि पनि कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । चालु आर्थिक बर्षको अहिले सम्म २७ हजार बढी नागरिकलाई विभिन्न बिषयमा जानकारी दिइसकेको प्रहरीको तथ्यांक छ । उनले भने ‘हामीले जिल्लाभरी अभियान सञ्चालन गरेका छौं । समाजमा हुने विभिन्न खालका अपराधको न्यूनीकरणका लागि समुदायकै साथ खोजेका छौं । त्यसैले हामीले विद्यालय र समुदायमा कार्यक्रम सञ्चालन गर्ने गरेका छौं ।’

लागू औषध नियन्त्रणका लागि सीमा नाकामा समेत कडाइ गरिएको प्रहरी निरीक्षक जोशीले बताए । मातहतका प्रहरीचौकीलाई लागू औषध नियन्त्रणका लागि कडाइका लाग्न निर्देशन दिइएको उनले बताए । 

लागू औषधको दुव्र्यसनले परिवारमात्रै नभएर समाजमा समेत असर पारिरहेकाले यसको नियन्त्रणमा अभिभावकहरुले पनि ध्यान दिनुपर्ने प्रहरी निरीक्षक जोशीले बताए । 

Lagu-Final-1-1709968518.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update