Sagun Khabar
पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु 
Atrya hospital

बैतडी –पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । सो राजमार्गको अनारखोली–खोड्पे सडक अन्तर्गत पाटन नगरपालिका ८ आरुबाटामा शनिबार बिहान  पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । 

सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् । 

 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update