Sagun Khabar
बैतडीका चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीका चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । कोरोनाको दोश्रो लहर फैलिएपछि चारओटा पालिकामा पहिलो पटक कोरोनाका सक्रिय संक्रमित शुन्य भएका हुन् ।

यसअघि एक ÷एक पालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका भएपनि शुक्रबार भने चारओटा पालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । 

Atrya hospital

मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी  गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएपछि पहिलो पटक सक्रिय संक्रमितको संख्या पहिलो पटक ३० भन्दा तल झरेको छ । अहिले जिल्लामा २७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसका संक्रमितको संख्या घटेको भएपनि जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

कोरोना भाइरसको जोखिम कायमै रहेका स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जोड दिए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनु अनिवार्य रहेको उनले बताए । 

बेलाबेलामा साबुनपानीले हात धुने, भौतिक दुरी कायम गर्ने र मास्कको उचित प्रयोग गर्नुपर्ने बिषयमा सबैले ध्यान दिनुपर्ने उनले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update