Sagun Khabar
बैतडीको शिवनाथमा क्याम्पस सञ्चालन 

बैतडी–बैतडीको शिवनाथमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस सञ्चालन गरिएको छ । लामो समयको प्रयासपछि शिवनाथको शर्मालीमा क्याम्पस खोल्ने प्रयास सफल भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

तत्कालका लागि नागार्जुन मावि शर्मालीकै भवनमा क्याम्पस सञ्चालन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पस सञ्चालनका लागि स्वीकृति नदिएपनि जलजला पर्वतमा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसको ठाउँ सारी दिएको हो । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको फागुन ९ गतेको निर्णय अनुसार ग्राम प्रकाश बहुमुखी क्याम्पसको ठेगाना शिवनाथ गाउँपालिका २ शर्माली कायम गरिएको छ । 

Atrya hospital

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस सञ्चालनमा ल्याइएको क्याम्पस प्रमुख महामलसिंह साउँदले बताए । शर्मालीमा क्याम्पस सञ्चालनमा आएसंगै विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसेकका विद्यार्थीहरुलाई सहज भएको उनले बताए ।

क्याम्पस स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा १० लाख सहयोग गरेको छ । आगामी दिनमा समेत क्याम्पसका लागि पालिकाले निरन्तर सहयोग गर्ने गाउँपालिका अध्यक्ष साउँदले बताए । 

क्याम्पस स्थापनाका लागि लामो समयदेखि विभिन्न क्षेत्र र व्यक्तिहरुबाट सहयोग भन्दै गाउँपालिका अध्यक्ष साउँदले सबैलाई धन्यवाद दिएका छन् । 

ग्राम प्रकाश बहुमुखी क्याम्पसमा अहिले स्नातक तहको पढाई शुरु भएको छ । शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायको स्नातक तहको पढाई शुरु भएको अध्यक्ष साउँदले बताए ।   
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update