Sagun Khabar
भण्डारी उद्योग मन्त्रीमा नियुक्त भएको खुसीयालीमा गृह जिल्लामा दीप प्रज्वलन 

बैतडी –बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी मन्त्रीमा नियुक्त भएको खुसीयालीमा गृह जिल्लामा दीप प्रज्वलन गरिएको छ । 

प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद विस्तार गर्दा बैतडीबाट निर्वाचित सांसद भण्डारी फेरि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीमा नियुक्त भएका छन् । 

Atrya hospital

बैतडीबाट प्रतिनिधित्व गर्ने सांसद मन्त्रीमा नियुक्त भएको खुसीयालीमा पाटनमा दीप प्रज्वलन गरिएको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 

नयाँ सरकारमा बैतडीले मन्त्री पाएको भन्दै नगरबासीको सहभागितामा बुधबार साँझ जिल्लाको पाटन चौराहमा दीप प्रज्वलन गरिएको उनले बताए । 

यसअघि गएको पौषमा समेत भण्डारीले उद्योग मन्त्रालयको कार्यभार सम्हालेका थिए । पछि सत्ता गठबन्धन फेरिएपछि उनी सरकारबाट बाहिरिएका थिए । वर्तमान सरकारमा एमाले पनि सहभागी भएपछि भण्डारी मन्त्रीमा नियुक्त भएका छन् । 

नवनियुक्त मन्त्री भण्डारी आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update