Sagun Khabar
दामोदर भण्डारीलाई उद्योग मन्त्रालय 

बैतडी–बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्हाल्ने भएका छन् । एमालेले सरकारमा पठाउने मन्त्रीको नामका साथै मन्त्रालयको समेत टुंगो लगाएको हो । 

भण्डारीले यसअघिकै मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्हाल्ने एमाले श्रोतले जनाएको छ । गत पुसमा प्रचण्ड नेतृत्वकै सरकारमा उनले सोही मन्त्रालय सम्हालेका थिए । गठबन्धन फेरिएसंगै उतिबेला उनी सरकारबाट बाहिरिएका थिए । 

Atrya hospital

पछिल्लो गठबन्धनमा एमाले ८ मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् ।

त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् ।

त्यस्तै ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने एमाले स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update