Sagun Khabar
एमालेबाट दामोदर भण्डारी मन्त्री बन्ने पक्का, मन्त्रालयको टुंगो लाग्न बाँकी 

बैतडी –नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

Atrya hospital

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए । 

भण्डारी यसअघि उद्योग मन्त्री भइसकेका छन् । बैतडीबाट तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भण्डारीले मन्त्री पाउने पक्का भएपनि मन्त्रालयको भने टुंगो लाग्न बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update