Sagun Khabar
मजदुरीका लागि भारत गएका बैतडीका सुरेन्द्र भण्डारीको मृत्यु 

बैतडी –रोजगारीको सिलसिलामा भारत गएका बैतडीका एकजना युवाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं भण्डारीगाउँ बस्ने ४० बर्षीय सुरेन्द्रसिंह भण्डारीको खाडलमा डुबेर मृत्यु भएको हो । 

मजदुरीका लागि २ महिना अघिमात्रै घरबाट पिथौरागढको मुन्सीयारी गएका भण्डारी मंगलबार बिहान खाडलमा मृत अवस्थामा फेला परेका हुन् । सोमबार साँझदेखि बेपत्ता भएका भण्डारी मंगलबार बिहान खाडलमा डुबेको अवस्थामा मृत फेला परेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

Atrya hospital

उनी गाउँकै अन्य चारजनासंग निर्माणको काममा संलग्न रहेको बताइएको छ । मृतक भण्डारीको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको अध्यक्ष बोहराले बताए ।  

मृतक भण्डारीका घरमा श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् । परिवार पाल्नका लागि भारत गएका भण्डारी उतै अस्ताएपछि घर परिवार शोकमा डुबेको छ । एक महिना अघिमात्रै मृतक भण्डारीका सहोदर दाजु नरेन्द्र भण्डारीको पनि मृत्यु भएको थियो । 

एकपछि अर्को अकल्पनीय घटनाले भण्डारी परिवारलाई निकै समस्या भएको वडा अध्यक्ष बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update