Sagun Khabar
सूर्तीजन्य पदार्थ, मद्यपान र लागू औषध नियन्त्रणका लागि बैतडीमा अभियान सञ्चालन 

बैतडी–बैतडीमा सूर्तीजन्य पदार्थ, मद्यपान र लागू औषध नियन्त्रणका लागि अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय बैतडीले सूर्तीजन्य पदार्थ, मद्यपान र लागू औषध नियन्त्रणका लागि अभियान सञ्चालन गरेको हो । 

अभियान अन्तर्गत विद्यालयमा गएर बालबालिकाहरुलाई सूर्तीजन्य पदार्थ, मद्यपान र लागू औषधको प्रयोगले पार्ने प्रभावका बिषयमा जानकारी दिने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । लागू औषध दुव्र्यसनमा किशोरावस्थाका मानिसहरु फसीरहेकाले विद्यालयमा सचेतना अभियान सञ्चालन गरिएको उनले बताए । 

Atrya hospital

यस्तै सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयले समेत लागू औषध नियन्त्रणका बिषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । 

सूर्तीजन्य पदार्थ, धुम्रपान, मद्यपान र लागू औषधको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यो बिषयमा सबैलाई जानकारी दिने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ र धुम्रपान सेवन गर्न नहुने उल्लेख गरिएको छ । कसैले सेवन गरेमा एक सय रुपैयाँ जरीवाना गर्ने प्रावधान रहेकाले प्रहरीको सहयोगमा उक्त प्रावधानलाई कडाइका साथ लागू गर्ने तयारी भएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

यस्तै सूर्तीजन्य पदार्थ र धुम्रपान विक्रि वितरणका पनि निश्चित मापदण्ड रहेकाले मापदण्ड विपरीत कसैले विक्रि गरेको पाइएमा कारवाही हुने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update