Sagun Khabar
बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत
Atrya hospital

बैतडी –बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ । जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मल्ल बिहीबार भागेश्वरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेको बुझिएको छ । माइती घर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

मृतकका श्रीमान रोजगारी सिलसिलामा विदेशमा रहेका प्रहरी निरीक्षक ओझाले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update