Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा थप १० बेडको कोभीड वार्ड सञ्चालन 

बैतडी –जिल्ला अस्पताल बैतडीले थप १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको तेश्रो लहर आउन सक्ने चेतावनी आईरहेका बेला पूर्व तयारी स्वरुप जिल्ला अस्पतालले थप १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । 

जिल्ला अस्पतालको निर्माणाधिन नयाँ भवनमा १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याईएको उनले बताए । यसअघि जिल्ला अस्पतालमा १८ बेडको कोभीड वार्ड सञ्चालनमा छ । कोरोना भाइरसको तेश्रो लहर आउन सक्ने र त्यसका लागि पूर्वतयारी स्वरुप कोभीड वार्ड सञ्चालनमा ल्याईएको डा. जोशीले बताए । 

Atrya hospital

स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोेरोना भाइरसको महामारीसंग जुध्नका लागि थप १० बेडको वार्ड सञ्चालनमा ल्याएको हो । ‘कोरोना भाइरसको तेश्रो लहर आउन सक्ने भनिएको छ । पहिला पनि बेडको अभावमा समस्या भएको थियो । त्यसैले हामीले त्यो समस्या नहोस भन्नका लागि कोभीड वार्ड सञ्चालनमा ल्याएका हौं ।’डा. जोशीले भने, ‘कोभीडका बिरामीहरुलाई सहजै उपचार गराउन सकियोस भनेर यो प्रयास गरेका हौं ।’

कोरोनो दोश्रो लहर फैलिएका बेला ननकोभीडका बिरामीहरुलाई असहज भएकाले अहिले थप १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याईएको हो । कोभीडको महामारी आएपनि अन्य सेवाहरु बन्द गर्नुपर्ने अवस्था नरहेको डा.जोशीले बताए । अब कोभीडका बिरामीहरुका लागि जिल्लामा २८ बेडको वार्ड तयार भएका उनले बताए । 

यसैबीच १० बेडको कोभीड वार्डको शुक्रबार एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्ट,जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले संयुक्त रुपमा कोभीड वार्डको उद्दघाटन गरेका हुन् । 

बैतडीमा अहिले सक्रिय संक्रमितको संख्या २७ रहेको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update