Sagun Khabar
बैतडीमा शुक्रबार २१ जना संक्रमणमुक्त, सक्रिय संक्रमित २७ जना मात्रै 
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार २१ जना संक्रमणमुक्त भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाका १६ जना, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै शुक्रबार बैतडीमा कञ्चनपुरका दुईजनामा कोरोना पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २७ मात्रै रहेको छ । 

सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ९ जना, पाटन नगरपालिकामा ५ जना, दशरथचन्द नगरपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक ÷एक जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ६ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update