Sagun Khabar
कैलालीको मोहना नदीको बाढीले १७ घरपरिवार उच्च जोखिममा
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा मोहना नदीमा आएको बाढी बस्तीमा पसेको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ७ हिम्मतपुरमा मोहना नदीको बाढी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाढीको उच्च जोखिममा रहेका १७ परिवार मध्ये ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । मोहना नदीको बहाब बढेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update