Sagun Khabar
बैतडीको सिगासमा मदिरा बेचबिखन गर्न नपाइने 

बैतडी –बैतडीको सिगास गाउँपालिकामा मदिरा बेचबिखनमा पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिसकिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । 

गाउँपालिकाको आठौं गाउँसभाबाट गरेको निर्णयलाई नवौं गाउँसभाले अनुमोदन गरेको उनले बताए । सिगास गाउँपालिकाको आठौं गाउँसभाले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । 

Atrya hospital

मदिराका कारण विभिन्न खालका हत्या हिंसा र अपराधका घटना बढ्दै गएपछि गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् । उनले भनिन् ‘हामीले गाउँपालिकाभित्र मदिराको कारोबार नगर्ने भनेर गाउँसभाबाट निर्णय गरिसकेका छौं । यो निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन सबैलाई आग्रह पनि गरिरहेका छौं ।’

लाइसेन्स लिएका मदिरा व्यवसायीहरुलाई पनि लाइसेन्स खारेज गर्न आग्रह गरिएको उनले बताइन् । मदिराको लाइसेन्स नवीकरण नगर्न सबैलाई सूचित गरिएको उपाध्यक्ष चन्दले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update