बैतडीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते
बैतडी–बैतडीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । देहीमाण्डौंबाट सलेनातर्फ गइरहेको म २ प ६९१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दशरथचन्द नगरपालिका ७ सुर्कालकी ५५ बर्षीया धौली बडू घाइते भएकी हुन् ।
मंगलबार दिउँसो २ बजेतिर दुर्गास्थानमा धौलीलाई मोटरसाइकलले ठक्कर दिएको हो । घाइते बडूको अवस्था समान्य रहेको र उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
मोटरसाइकल चालक मेलौली नगरपालिका ३ बागगोठका १७ बर्षीय प्रकाश चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १८:३०
प्रतिक्रिया दिनुहोस्




