Sagun Khabar
बैतडीमा संगठन विस्तार गर्दै रास्वपा 

बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीमा संगठन विस्तार अभियान थालेको छ । जिल्लाका पालिकाहरुमा संगठन विस्तार अभियान शुरु गरिएको रास्वपाका पाटन नगर सभापति हेमन्त ऐरले जानकारी दिए । 

पाटन नगरपालिकाका वडाहरुमा पनि संगठन विस्तार अभियान सञ्चालनमा रहेको उनले बताए । भौतिक उपस्थिती र अनलाइन माध्यम दुवै तरीकाले संगठन विस्तार अभियान सञ्चालनमा रहेको सभापति ऐरले बताए । 

संगठन विस्तार अभियानका क्रममा गाउँमा जाँदा युवाहरुको संख्या निकै कम भेटिने गरेको ऐरले बताए । देशको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुँदा युवाहरु विदेश पलायन भएका उनले बताए । गाउँघर युवाविहिन हुनु निकै कहालीलाग्दो अवस्था सिर्जना भएको सभापति ऐरले बताए । 

यसैबीच रास्वपाले पाटन नगरपालिका वडा नं १ मा वडा कमिट गठन गरेको छ । केशव भट्टराईको संयोजकत्वमा वडा संयोजक  कमिटि गठन गरिएको रास्वपाले जनाएको छ । 

पाटन नगर सभापति इन्जिनियर हेमन्त ऐरको उपस्थितिमा वडा कमिटि गठन गरिएको हो । पाटन १० ओटै वडामा समिति विस्तार गरिने सभापति ऐरले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update