Sagun Khabar
बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला 
Atrya hospital

बैतडी –बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए । शव बाटोभन्दा २ सय मिटर तल शुक्रबार बिहान फेला परेको उनले बताए । 

शव कसको भन्ने कुरा अझै पहिचान भईसकेको छैन् । शव फेला परेपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल नेतृत्वको टोली घटनास्थल तर्फ गएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update