Sagun Khabar
पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु 
फाइल फोटो
Atrya hospital


बैतडी –पहिरोका कारण अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ । लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ बसालीमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update