Sagun Khabar
बैतडीको बसालीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध 
फोटो :महाकाली लोकमार्गमा खसेको पहिरो, तस्बिर : नरेन्द्र बिष्ट
Atrya hospital

बैतडी –पहिरोका कारण बैतडी–दार्चुला जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ बसालीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो । महाकाली लोकमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट तराईका लागि छुटेका गाडी र दार्चुला जान लागेका गाडी बीचबाटोमै रोकिएका छन् ।

पहिरो पन्छ्याउने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update