लागूऔषधसहित बैतडीका एक जना कञ्चनपुरबाट पक्राउ
बैतडी –लागूऔषधसहित बैतडीका एकजना कञ्चनपुरबाट पक्राउ परेका छन् । बैतडीको पाटन नगरपालिका ६ का २६ बर्षीय कमल भण्डारी बुधबार साँझ लागू औषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका भण्डारीलाई पुनर्वास नगरपालिका–११ डोकेबजारमा पक्राउ गरिएको हो । उनी १ ग्राम ७७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका भण्डारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० ०९:१८
प्रतिक्रिया दिनुहोस्




