Sagun Khabar
तडीगाउँ -ग्वानी कुर्कुट्या  सडक निर्माण सुरु

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं २ र ३ जोड्ने शाखा सडक निर्माण सुरु  भएको छ  । वडा नं ३ को  तडीगाउँदेखि वडा नं २ को ग्वानी र कुर्कुट्या  जोड्ने शाखा सडकको  निर्माण कार्य  मंगलबारबाट सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरको उपस्थितिमा उद्धघाटन गररे सडक कटिङ कार्य शुभारम्भ गरिएको छ ।

सुरज निर्माण सेवाले कटीङ   कार्य गरिरहेको छ । संघीय सरकारको बजेटबाट सडक निर्माण भैरहेको सुरज निर्माण सेवाका सञ्चालक राजेन्द्र प्रशाद भट्टले जानकारी दिए ।एक महिनामा सक्ने लक्ष्यका साथ धमाधम निर्माण कार्य   सुरु भएको उनले बताए । उनका अनुसार ३६ हजार घनमिटर सकड बिस्तार हुने छ ।

विवाद रहित वाातावरणमा वडा नं ४ को पवनखोला डौडामाण्डौ सडक कटीङ  गरेको सुरज निर्माण सेवाले तडीगाउँ ग्वानी कुर्कुट्या  सडक कटीङ  पनि सुरु गरेको हो । तडीगाउँको खलापरीबाट पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको जन्मघर कुर्कुट्या  सम्म र गाडीबिण्डा देखी ग्वानीको केदारमाण्डौ सम्म सडक विस्तार हुने बताइएको छ ।

सत्तबाँझ श्रीभावर सडक संग जोडीएको यो शाखा सडकले नागरिकहरुलाई  सहज हुने अपेक्षा गरिएको छ । यो सडक विस्तार पछि  आवतजावतका लागि नागरिकहरुलाई  निकै सहज हुने स्थानीय युवा नवराज धामीले बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update