
दार्चुला – दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नं ६ का धनसिंह धामीकी १८ बर्षीया छोरी मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार बिहान करीब ९ बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।
मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीबारट लडेर मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए ।
बाटोबाट करीब ५ सय मिटर तल खसेकी मनिषाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १७:२२
प्रतिक्रिया दिनुहोस्