Sagun Khabar
सुदूरपश्चिमका केही ठाउँमा भीषण बर्षा हुने सम्भावना 
Atrya hospital

बैतडी –सुदूरपश्चिमका केही ठाउँमा आज भीषण बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमसंगै प्रदेश १, वागमती प्रदेश र लुम्बिनी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।

भीषण बर्षा हुने क्षेत्रको पहाडी  भू–भागमा  पहिरो  र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ । दिउँसो पनि  वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update