बैतडीमा पनि मनाइयो राससको वार्षिकोत्सव,बिरामीलाई फलफूल र सरसफाइ कीट वितरण
बैतडी- राज्यको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)को ६३ औं वार्षिकोत्सब बैतडीमा पनि मनाइएको छ। वार्षिकोत्सबको अवसरमा सोमबार बिहान जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल र सरसफाइ कीट वितरण गरिएको राससका बैतडी प्रतिनिधि विनोद सिंह विष्टले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाई,प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा,विभिन्न कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियोे ।
राष्ट्रिय समाचार समिति९रासस० बैतडीको आयोजना र दशरथचन्द नगरपालिकाको सहयोगमा फलफूल र सरसफाइ कीट वितरण गरिएको हो।
वि स २०१८ सालमा स्थापना भएको रासस हाल देश तथा विदेशमा सेवा दिइरहेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १३:१२
प्रतिक्रिया दिनुहोस्




