Sagun Khabar
बैतडीको सिगासका तीन वडामा अझै पुगेन मोटरबाटो

बैतडी- बैतडीको सिगास गाउँपालिकाका तीन वडामा मोटरबाटो पुगेको  छैन् । पालिकाको  वडा नं ३ ,५ र वडा नं ७ मा अहिले सम्म मोटर बाटो नपुगेको हो ।पालिकाका तीन ओटा वडा यातायातको पहुँच बाहिर रहेका वडा नं ३ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता अम्मर सिंह धामीले जानकारी दिए ।

पालिकाको  केन्द्र गर्जेमा गाडी पुगेपनि यी वडामा सडक सञ्जाल विस्तार हुन बाँकी रहेको उनले  बताए । वडा कार्यालय सम्म गाडी गुड्ने बाटो नहुँदा समस्या भएको उनको  भनाइ छ  । वडा नं ५ मा पनि यातायात सेवा नहुँदा नागरिकहरु पीडामा छन् । मोटरबाटो नहुँदा समस्या भएको  वडा नं  ५ का वडा अध्यक्ष राजेन्द्र बहादुर  चन्दले बताए ।

Atrya hospital

बिप्याकटाल ढुंगाड सडक पूर्णरुपमा विस्तार भए सहज हुने सपना देखेका आफहुरुले सो सडक खण्डको काम सुस्त हुँदा समस्या भएको उनले बताए । भगौलिक हिसावले जिल्लाकै बिकट मानिने बैतडीको सिगास गाउँपालिकाका अधिकाँश नागरिकहरु सडक पहुँच भन्दा टाढा हुँदा समस्यामा छन् ।

सडकको पहुँच नपुग्दा यहाँका नागरिकहरुले दैनिक उपभोग्य वस्तु महंगोमा खरिद गर्नुे पर्ने अवस्था छ भने  कोहि मान्छे बिरामी परे अस्पताल बोकेर लैजानु  पर्छ । सडक नहुँदा समस्या भएको स्थानीय दान सिंह धामीले बताए । सडक सञ्जाल नपुगेको ठाउँका नागरिकहरुले समस्या भोग्नु परेपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।

सरकारको हरेक स्थानीयतहमा सडक सञ्जाल पु¥याउने योजना भएपनि बैतडीको सिगासका नागरिकहरुका सडक सपना अझै पुरा हुन सकेका छैनन् । सडक अभावमा स्थानीयले आवतजाव गर्न कठिनाइ भोग्नु परेको छ भने नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्री समेत महंगोमा किन्न बाध्य छन् ।

यता गाउँपालिकाले भने सबै वडामा सडक सञ्जाल विस्तारका लागि पहल भैरहेको बताएको छ । एक डेढ वर्ष भित्रै सबै वडामा सडक सञ्जाल विस्तार गर्ने योजना रहेको पालिका प्रवक्ता धामीले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update