Sagun Khabar
बैतडीको सुर्नयामा हाकिम नहुँदा आर्थिक कारोबार  ठप्प

बैतडी- बैतडीको सुर्नया गाउँपालिका झण्डै दुई महिनादेखि हाकिम विहिन भएको  छ । निर्वतमान  प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि सुर्नया गाउँपालिका झण्डै दुई महिना देखि हाकिम विहिन भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई गत पुस १२ गते बैतडीकै सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । सो समय देखि सुर्नया हाकिम विहिन छ । सामान्य  प्रशासन मन्त्रालयले अवस्थी सरुवा भएर गएपछि  सुर्नयामा अहिले सम्म  हाकिम पठाएको  छैन् भने पालिकामा कार्यरत कर्मचारीलाई समेत आर्थिक कारोबारको अधिकार दिइएको छैन् ।

Atrya hospital

हाकिम नहुँदा सबै आर्थिक कारोबारका काम ठप्प छन् । पालिका प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक र  आर्थिक कामहरु ठप्प भएका हुन् । पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षाभत्ता, कर्मचारीको तलब लगायतका सबै भुक्तानीहरु रोकिएका गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँरले बताए ।

हाकिमका लागि पहल भैरहेको समेत उनले बताए । प्रमुख प्रशासकीय अधिकृतपदपूर्तीका लागि पहल भैरहेको भन्दै अध्यक्ष कुवँरलले केहि दिनमै  पालिकामा देखिएका समस्या सामाधान हुने बताए । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update