Sagun Khabar
बैतडीको  सुर्नया गाउँपालिकाले उठायो ६ महिनामा १० लाख बढी राजस्व

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले ६ महिनामा १० लाख बढी  राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा गाउँपालिकाले १० लाख २ हजार १४७ रुपैँया राजस्व संकलन गरेको हो ।

चालु वर्षको ६ महिनामा मात्रै गाउँपालिकाको कार्यालयबाट ३ लाख ७० हजार ९ सय ७० रुपैँया राजस्व संकलन भएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश साउदले जानकारी दिए । यस्तै वडाहरुमा  सबै भन्दा बढी  वडा नं ४मा राजस्व संकलन भएको  पाइएको  छ  भने  सबै भन्दा कम वडा नं १ मा भएको पाइएको छ ।

Atrya hospital

सूचना अधिकारी साउदका अनुसार  यो वर्षको ६ महिनामा सुर्नया गाउँपालिका वडानं १ को  कार्यालयबाट १४ हजार  ३सय , वडा नं २ मा १ लाख ११ हजार  ९ सय २०, वडा नं ३ मा ७६ हजार  २ सय ८६, वडा नं ४ मा १ लाख ४२ हजार ९ सय ६८ राजस्व संकलन भएको  छ ।

यस्तै वडा नं ५  मा ३६ हजार २ सय ३७, वडा नं ६ले ७८ हजार  ९ सय १९, वडा नं  ७ले ८१ हजार ९ सय ९७ र वडा नं  ८ ले ८८ हजार  ५ सय  २९ रुपैँया राजस्व संकलन गरेको सूचना अधिकारी साउदले बताए । ६ महिनाको  तथ्याङ्कले यो वर्ष राजस्व संकलनमा वृद्धि हुने अनुमान गरिएको उनले बताए । अहिले  सुत्रमा राजस्व व्यवस्थापन अनलाइ प्रणालिबाट राजस्व संकल भैरहेकाले गतविगत भन्दा राजस्वमा वृद्धि हुँदै  गएको उनको भनाई  छ ।

गाउँपालिकाले सिफारिश दस्तुर, व्यवसाय दर्ता, नविकरण दस्तुर, प्रशासनिक सेवा शुल्क, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित दस्तुर, व्यवसाय कर, मालपोत लगायतका शीर्षकबाट राजस्व संकलन गर्ने  गरेको गाउँपालिकाको पञ्चिकरण शाखामा कार्यरत कर्मचारी खेमराज अवस्थीले बताए । यो वर्ष पालिकाले ४५ लाख राजस्व संकलन गर्ने  लक्ष्य राखेको बताइएको छ  । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update