Sagun Khabar
बैतडीमा प्रदेशको १२ प्रतिशत र संघको ७ प्रतिशत बजेट फ्रिज 

बैतडी –बैतडीमा गत आर्थिक बर्षमा प्रदेश सरकार मातहतका कार्यालयको १२ प्रतिशत बढी बजेट फ्रिज भएको छ । कुल बजेट ३ अरब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अरब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपैंया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । 

प्रदेश सरकार मातहतका कार्यालयको ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैंया फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए । यसरी हेर्दा कुल बजेटको १२.३ प्रतिशत बजेट फ्रिज गएको उनले बताए । 

Atrya hospital

यस्तै संघीय सरकार मातहतका कार्यालयको ६.८५ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बैतडीमा संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अरब ५३ करोड ६९ लाख २३ हजार ३६८ मध्ये ६ अरब ८ करोड ८६ लाख २१ हजार २०५ रुपैया खर्च भएको छ । 

संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैंया फ्रिज गएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०७:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update